पुनर्बीमाको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक यस्तो छ कमाई - E-BreakingNews

पुनर्बीमाको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक यस्तो छ कमाई

Share This
पुनर्बीमाको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक यस्तो छ कमाई

हालैमात्र आइपीओ जारी गरेको नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमास चैत्र सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९१ करोड ६१ लाख ५५ रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २.७८% ले बढी हो । 

अघिल्लो वर्ष सोही अवधिमा यसले ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । यो जीवन र निर्जीवन दुवैतर्फको नाफा हो । अघिल्लो वर्ष यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब २५ १७ लाख ५३ हजार र जीवन व्यवसायबाट २९ करोड ७४ लाख ५५ रुपैयाँ गरी ३ अर्ब ५४ करोड ९२ लाख ८ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको थियो । 

चैत मसान्तसम्ममा जीवन व्यवसायबाट ९ करोड १० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने निर्जीवन व्यवसायबाट ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ खुद नाफा प्राप्त भएको छ । उक्त कम्पनीले निर्जीवन बिमाबाट ४ अर्ब ६२ करोड ८४ लाख ५० हजार रुपैयाँ र जीवन जीवनबिमा बाट ३१ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । यसै अनुसार कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख २ हजार रुपैयाँ बिमा शुल्क संकलन गर्न सकेको देखिन्छ ।

तेस्रो त्रैमाससम्म यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको थियो । तर आइपीओ जारी गरेपछि यसको पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।

उक्त कम्पनीले तेस्रो त्रैमासको रिपोर्टमा ८ अर्ब ४० करोड पुँजीलाई नै आधार मानेर वित्तीय विवरण सार्वजनिक गरेको छ । यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ छ । बिमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित रहेको छ । हाल यस कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएर कारोबार समेत सुरु भइसकेको अवस्था छ । 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको हकप्रद नेपाल राष्ट्र बैंकले रोकेको छ । शाइनको साधारण सभाले २५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकलाई पत्र पठाएको थियो । तर, राष्ट्र बैंकले भने शाइनको हकप्रद निष्कासन गर्ने प्रक्रिया अस्विकृत गरेको छ । पुँजी वृद्धि गर्ने भन्दै बैंकले ४ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको थियो । यसअघि शाइनको साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

यता, शाइन रेसुंगा डेभलपमेन्ट बैंक सम्बद्ध स्रोतका अनुसार पछिल्लो समय राष्ट्र बैंकले पुँजी पुगेका बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद निष्कासन गर्न रोक लगाएको छ । सोही कारण शाइनले अघि बढाएको हकप्रद प्रकृयामा राष्ट्र बैंकले रोक लगाएको हुन सक्छ ।

किन भने हाल यसको न्यूनतम पुँजी पुगिसकेको छ । यस बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड भन्दा धेरै छ । राष्ट्र बैंकको प्रावधान अनुसार केन्द्रीय स्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड भए पुग्छ । रासस

No comments:

Post a Comment