आइतवार करोबारमा ओरालो लाग्दा पनि यी ६ वटा कम्पनीको शेयर किन्नेको ओइरो - E-BreakingNews

आइतवार करोबारमा ओरालो लाग्दा पनि यी ६ वटा कम्पनीको शेयर किन्नेको ओइरो

Share This
आइतवार करोबारमा ओरालो लाग्दा पनि यी ६ वटा कम्पनीको शेयर किन्नेको ओइरो
आइतवार शेयर बजारमा ओरालो लाग्दा पनि सवै भन्दा धेरै ६ वटा कम्पनीले शेयर कारोबार गरेका छन् ।

निम्न यस प्रकार छन यी ६ कम्पनीहरु :-

आईतबार कारोबार अनुसार सबै भन्दा सर्वाधिक कारोबर गर्ने स्थान पुनर्बिमा कम्पनीले ओगटेको छ | सो कम्पनीको कूल २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स १४ करोड ५६ लाख ८२ हजार ५४३ को करोबार गरि दोस्रो स्थान लिन सफल भएको थियो |

एनएमबी बैंकले पनि रु ८ करोड ४१ लाख ७२ हजार ८६५ करोबार गरि तेस्रो स्थानमा रहेको थियो |

तेस्तै अर्को हिमालयन डिस्टिलरी ७ करोड ३५ लाख १२ हजार २५६ को कारोबार गरि चौथो स्थान लिन सफल बएको छ |

एनआइसी एशिया बैंकले पनि ६ करोड ९९ लाख २६ हजार ३५० को कारोबार गरि पाचौ स्थान ओगटेको छ |

शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए । 

कारोवारका आधारमा आज चौतारी लघुवित्त ९.९८, अजोड इन्स्योरेन्स ९.९७, नेपाल फाइनान्स ९.६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९.७२, ओरियन्टल होटल ७.८८, हिमालन ऊर्जा ७.८४, खानीखोला हाइड्रोपावर ७.२७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६.४९ प्रतिशतले कमाए ।

यो पनि, त्रिभुवन विश्वविद्यालय खुले संगै परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्द खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

‘हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ’, उनले भने, ‘तर त्यो सम्भव नभए पछि परीक्षा लिने निर्णयमा पुगेका छौँ ।’ 

यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उनले दशैँ अगाडि नै रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिए । 

स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । यसैगरी पनिकाले बन्दको कारणले रोकिएका परीक्षाफल धमाधम गरिरहेको छ । पनिकाले गत वैशाख २० गतेदेखि कार्यालयका कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको छ । 

उनका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून सकांय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी रहेको छ । पनिकाले सबै परीक्षाफल प्रकाशित गरेर परीक्षा गर्ने र ती परीक्षाको पनि तीन महीनाभित्र प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनले वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको बताए । रासस

No comments:

Post a Comment