एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा माग भन्दा ५.२४ गुणा बढी आवेदन - E-BreakingNews

एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा माग भन्दा ५.२४ गुणा बढी आवेदन

Share This
एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा ५.२४ गुणा बढी आवेदन

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको प्रथामिक सेयर (आइपीओ) मा बुधबार २१ गते साँझ ५ बजेसम्म ४ लाख २८ हजार १५३ जना आवेदकले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् । अझ , अन्तिम तथ्यांक आउन बाँकी रहेकोले केहि तलमाथि हुने सक्ने बिक्री प्रबन्धकको भनाई छ । 

कुल १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा ५.२४ गुणा बढी आवेदन परेको हो । 

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम ३१ लाख ४० हजार १८० कित्ता कित्ताको लागि आवेदन खुल्ला गरिएको थियो लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको हालै जारि भएको गरेको प्राथमिक शेयरमा लगानिकर्ताहरु झुमिएका थिए । कम्पनलीले सर्ब साधारण लगानिकर्ताहरुको लागि ३१ लाख ६० हजार १ सय ८३ कित्ता शेयर जारि गरेको थियो । 

गत आर्थिक बर्षमा थुप्रै हाइडो पावर कम्पनीहरुको प्राथमिक शेयरहरु जारि भएका थिए । अधिकाश कम्पनीहरुको प्राथमिक शेयरहरु सबै बिक्री नै भएन । सर्ब साधारण लगानीकर्ताहरु आकर्षित नै भएन । तर, हाइड्रो पावर को आयोजनाहरुमा लगानी गर्ने एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको प्राथमिक शेयर भने पहिलो दिनमा नै सबै जसो शेयर बिक्री भएको थियो । कतै यसमा राजनिति त घुसेको छैन कतै चलखेल त भएको छैन भनेर पनि चर्चा भएका छन् । त्यसोत शेएर बजारमा चलखेल हुन भनेको सामान्य हो भनेर पनि कतिपय जानकारहरुले बताउँछन ।

माया, प्रेम ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र नभई, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा सात फाइदा जानौ:

छालामा चमक
विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्डोरथिन्सलगायतका हर्मोन निस्कन्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ।

डिप्रेसन जित्ने क्षमता
मायाले इन्डोरथिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्याउनुका साथै शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न मदत पुर्यानउँछ।

कमजोरीबाट टाढा
अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा बढी स्वस्थ र उनीहरुमा विभिन्न रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ।

रक्तचाप घटाउँछ
एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्।

तनाव घटाउँछ
मायाजालमा पर्नु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ। यसबाहेक तपाईं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ।

शारीरिक तन्दुरुस्ती
सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै फुर्तिलो हुन हौसला प्रदान गर्छ।

मासिक धर्म नियमित
माया र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ। प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो। रासस

No comments:

Post a Comment