नेप्सेले गर्यो नया नियाम लागू हेर्नुहोस् - E-BreakingNews

नेप्सेले गर्यो नया नियाम लागू हेर्नुहोस्

Share This

नेप्सेले गर्यो नया नियाम लागू हेर्नुहोस्

नेपाल स्टक एक्सचेञ्जले एपीआई पोलिसी लागू गरेको छ । नेप्सेले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ जारी गर्दै एपीआई पोलिसी कार्यान्वयनमा ल्याएको हो । नेप्सेले पुस १ गतेदेखि लागू हुने गरेर यो  कार्यविधि जारी गरेको बताएको छ ।

कार्यविधि जारी भएसँगै अब आवश्यकता अनुसार इन्भेष्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको आवश्यक तथ्यांक पाउछन् । त्यसका लागि नेप्सेलाई प्रतिमहिना तोकिएको शुल्क तिर्नुपर्नेछ । संघसंस्था र सञ्चार माध्यम वा अन्यको प्रयोजन अनुसार नेप्सेले बेग्लाबेग्लै शुल्क निर्धारण गरेको छ ।

तथ्यांक प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्रयोगको स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्छ । यता, एपीआई प्रयोगकर्ताको हकमा भने सूचना प्रविधि पूर्वाधार र एपीआई प्रयोगका लागि सुरक्षित रहे नरहेको जाँच गर्नुपर्नेछ । यदि प्रयोगकर्ताले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाइएमा नेप्सेले तथ्यांक रोक्न सक्ने पनि कार्यविधिमा उल्लेख छ । स्रोत : नेपलिपैसा

No comments:

Post a Comment