सेयर बजार घट्दा यी १० कम्पनीका लगानीकर्ता छक्क परे ! - E-BreakingNews

सेयर बजार घट्दा यी १० कम्पनीका लगानीकर्ता छक्क परे !

Share This

सेयर बजार घट्दा यी १० कम्पनीका लगानीकर्ता छक्क परे !

आज पहिलो दिन (आइतबार ) सेयर बजारले ओरालो यात्रा तय गरेको  छ  । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ अंकमा पुगेको छ  । नेप्सेमा १.९६  प्रतिशले गिरावट आएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३३ अंकले घटेर ३८१,४३ अंकमा पुगेको छ । 

घटेको सेयर बजारमा सर्वाधिक कमाउने यी १० कम्पनीहरु 

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी  कमाउन सफल भएका छन्   । त्यसैगरी आशा लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, सुर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि  कमाएका छन् ।


त्यस्तै सिन्धु विकास बैंक लिमिटेड, १०% नेपाल एसबिआई बैंक डिबेन्चर  २०८६ , एनएमबि ५०, जोशी हाइड्रोपावर कम्पनी, एभरेष्ट बैंकको अग्राधिकार सेयरले पनि सर्वाधिक आर्जन गरेको छ । स्रोत अर्थासंसार

No comments:

Post a Comment