सामाजिक संजालमा हल्ला चलाएर सेयर मूल्य उचाल्ने प्रवृत्ति बढ्दाे - E-BreakingNews

सामाजिक संजालमा हल्ला चलाएर सेयर मूल्य उचाल्ने प्रवृत्ति बढ्दाे

Share This

सामाजिक संजालमा हल्ला चलाएर सेयर मूल्य उचाल्ने प्रवृत्ति बढ्दाे

 केही दिन यता सामाजिक संजालमा हल्ला फिजाएर सेयरकाे मूल्य घटाउने र बढाउने प्रवृत्ती माैलाउँदै गएकाे छ । यस्ताे हल्लाकाे पछि लागेर सेयर किनवेच गर्दा लगानीकर्ताहरू ठगिने क्रम बढेकाे छ । केही दिन यता नविल बैंकसँग नेपाल क्रडिट एण्ड कमर्स  बैंक मर्ज हुने हल्ला चलाईयाे । त्यसपछि एनसिसीकाे सेयरमा मंगलबार  १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक नै लाग्याे ।

अर्काे दिन पनि ५ प्रतिशतभन्दा बढीले मूल्य बढ्याे । बजारमा आएका हल्ला सत्य हाेइनन् भन्ने प्रमाणित भएपछि भने साताकाे अन्तिम दिन एनसिसी बैंककाे सेयर मूल्य प्रतिकित्ता १८ रूपैयाँले घटेकाे छ । सामाजिक संजालमा स्वाप रेसियाेसमेत ताेकेर मर्ज हुने ठाेकुरा गर्नेहरू निस्किए । यसकाे असर बजार हल्लाकाे पछि लागेर सेयर किन्नेहरू लाई नराम्राेसँग पर्याे ।

सेयर किन्नेहरूकाे खातामा नआउँदै उनीहरूले सम्पत्ती गुमाइसकेका छन् । एनसिसीसँग मर्जकाे हल्ला नसकिन्दै नविल बैंककाे फेरि सिद्धार्थ बैंकसँग मर्जहुने हल्ला चल्याे । त्यसकाे असर सिद्धार्थ बैंककाे सेयरमा नपर्ने कुरै भएन । उक्त बैंककाे सेयर पनि साेमबार प्रतिकित्ता ३४९ रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसकाे ४ दिनमै मूल्य बढेर ३८५ रूपैयाँ पुगेकाे छ ।

बजार हल्ला चलाउनेहरूले ४ दिनमै १० प्रतिशतभन्दा बढीले कमाएका छन् । बजार हल्ला चलाएर सेयर मूल्य बढाएकाे थाहा पाएपछि सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जाने कुनै याेजना नरहेकाे भनेर विज्ञप्ति प्रकाशित गरि स्पष्टिकरण नै दिएकाे छ । सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जान लागेको बजारको हल्ला सही नभएको बताएको थियाे । केही दिनयता विभिन्न संचार माध्यमा तथा सामाजिक सञ्जालमा बैंक नबिलसँग मर्ज हुन लागेको हल्ला आएसँगै सिद्धार्थ बैंकले त्यसमा कुनै आधिकारिता नभएको भन्दै स्पष्टिकरण दिएको हो ।

सिद्धार्थ बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले उक्त हल्ला गलत भएको र गलत हल्लाहरुकाे पछि नलाग्न आम लगानीकर्तालाई सुझाव दिएका छन् । उनले बिहीबार एक सूचना मार्फत साे जानकारी गराएका हुन् ।

यस्तै हल्ला केही दिन अघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंककाे मर्जर हुने भनेर केही दिनअघि च लाईएकाे थियाे । ती बैंकका आधिकारिक ब्यक्तिहरूकाे भनाइसहित प्रकाशित समाचार सत्यताकाे नजिक भएकाे ठानिकाे थियाे । तर, त्यसपछि दुवै बैंककाे मर्जर प्रकृया अगाडि बढेकाे कुनै जानकारी आएकाे छैन । बजारमा हल्ला चलाएर केही सेयरका खेलाडीले कमाउने अबसर बनाउँदै आएका छन् । एनसिसी बैंककाे मर्जरकाे हल्ला उक्त बैंककाे मुख्य सेयर हाेल्डर निर्मल प्रधान समुहले चलाएकाे अनुमान छ ।

उक्त समुहले हल्ला चलाएर महंगाेमा सेयर बेचेकाे छ । यस्ता हल्ला बजारमा धेरै चल्ने गर्छन् । लगानीकर्ताहरूले संयमित भएर बजार हल्लाकाे पछि नलागनी लगानी गर्नु पर्ने लगानीकर्ताहरू बताउँछन् । करिव ४ बर्षअघि सिन्धु विकास बैंक नेपाल बंगलादेश बैंकसँग मर्ज हुने हल्ला चलाएर सेयर मूल्य उचालिएकाे थियाे ।

त्यतिखेर ४२५ प्रतिकित्ताकाे हाराहारीमा सेयर किन्नेहरूले अहिलेसम्म लगानीसमेत उकास्न सकेका छैनन् । बजारमा सिन्धु विकास बैंककाे सेयर मूल्य प्रतिकित्ता १५० रूपैयाँ प्रतिकित्ताकाे हाराहारीमा छ । यस बीचमा उक्त बैंकले ८० प्रतिशत हकप्रद दिएकाे छ । स्रोत अर्थासंसर

No comments:

Post a Comment